


पोखरा बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएका छन् ।
गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि उनले राजीनामा दिएका हुन् । उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो ।राजीनामासँगै दिएको वक्तव्यमा मुख्यमन्त्री गुरुङले आफूले काम गर्ने वातावरण नभए पछि राजीनामा दिएको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ ९क० बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् ।
यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।
