News Portal

  • सामूहिक राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

    जनगर्जन संवाददाता
    ३८७ पटक

    काठमाडौं । सांसद पदबाट सामूहिक राजीनामा दिनेबारे छलफल गर्न नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको बैठक बस्दै छ । आइतबार मध्यान्हतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुगिने खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले  जानकारी दिइन् । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा रहेको उनको भनाइ छ छ ।

    उनले भनिन् ‘अहिले नेताहरु आन्तरिक तयारीमा हुनुहुन्छ । १२ बजेतिर छलफल हुन्छ । यस्तो बेला छ छलफल भर्चुअल माध्यम मै गर्ने कुरा छ ।’ नेताहरुले वर्तमान परिस्थितिबारे छलफलमा बिफ्रिङ गरेपछि कसरी जाने भनेर एउटा निर्णयमा पुग्ने शाक्यले बताइन् ।

    अब त निर्णय गर्नै पर्छ नि । अनिर्णयको बन्दी भएर बस्नु हुँदैन । शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने  खनाल नेपाल पक्षले निष्कर्ष निकालेको छ  ।

    वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसद पदबाट राजीनामा दिने उक्त समुहको तयारी छ ।

    प्रतिकृया दिनुहोस्