News Portal

  • भारतबाट ३० टन लिक्विड अक्सिजन नेपाल आउँदै

    जनगर्जन संवाददाता
    ४६० पटक

    काठमाडौं, २४ वैशाख । भारतबाट ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदै छ । यसअघि भारतले लगाएको अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा भएपछि दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन नेपाल आउँन लागेको हो । यसले करिब एक लाख ८० हजार सिलिन्डिरमा अक्सिजन भर्न पुग्ने अनुमान छ ।

    भारतले त्यहाँको सर्वोच्च अदालतको आदेशअनुसार चैत पहिलो साताबाट अक्सिजन निर्यातमा रोक लगाएको थियो । नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भन्दै नेपाली अधिकारीले निर्णयमा पुनर्विचार गरिदिन भारतलाई आग्रह गर्दै आएका थिए । नेपालको निरन्तरको आग्रहपछि भारतले स्वास्थ्य प्रयोजनका लागि अक्सिजन आपूर्ति खुला गर्ने निर्णय गरेको हो ।

    भारतीय गृह मन्त्रालयले बिहीबार सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको छ । नेपालमा भारतको झारखण्ड जम्सेदपुरस्थित लिन्ड इन्डियाबाट मासिक एक सय ५० टन अक्सिजन आउने गरेको छ । शंकर अक्सिजन ग्यास प्रालिले आपूर्ति गर्दै आएको छ ।

    ‘लिक्विड अक्सिजन लिन नेपालबाट गएका दुईवटा ट्यांकर एक सातादेखि जम्सेदपुरमै थिए । ती ट्यांकर ३० टन अक्सिजन भरेर शनिबारसम्म नेपाल आइपुग्ने शंकर ग्यासका सञ्चालक शंकर अग्रवालले बताए । यी दुई ट्यांकर आएलगत्तै खाली दुई ट्यांकर झारखण्ड पठाउने गरी तयारी अवस्थामा राखिएका छन् । एक साताभित्र कम्तीमा ६० टन अक्सिजन भारतबाट नेपाल आउने अग्रवालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्