News Portal

  • नेकपा एमाले अध्यक्ष ओलीले बोलाए आकस्मिक स्थायी समिति बैठक

    जनगर्जन संवाददाता
    ८२४ पटक

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत रहेका ओलीले व्रिफिङ गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्