News Portal

  • प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

    जनगर्जन संवाददाता
    ३२४ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । भेटमा पछिल्लो जटिल राजनीतिक अवस्थाको बारेमा छलफल हुनुका साथै तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको बताइएको छ । छलफलमा सरकारले यथासक्य छिटो बन्दी रिहाई र मुद्दा खारेजी गर्ने प्रतिबद्धता गरेको बताइएको छ ।

    सो भेटवार्तामा देशको समग्र अर्थतन्त्रको बारेमा समेत छलफल भएको बुझिएको छ। छलफलमा कृषि उत्पादनलाई प्राथमिकतामा राख्ने , उत्पादन वृद्धि गर्ने तथा युवाहरुलाई रोजगारी दिने र युवाशक्तिको परिचालनको बिषयमा समेत छलफल भएको बताइएको छ।यसैगरी सो भेटवार्तामा देशका कतिपय स्थानहरुमा अझै पनि खानेपानी , बाटो – बत्ति , शिक्षा – स्वास्थ्य जस्ता आधारभूत कुराहरुको अभाब भएकोले त्यसको समाधान गर्न सरकारले आगामी नीति तथा कार्यक्रममा त्यस्ता बिषयहरुलाई समेटी आगामी बजेटमा समाबेश गर्ने सहमति समेत भएको बताइएको छ।

    यसैगरी , सो भेटवार्तामा देशको पछिल्लो जटिल राजनीतिक अवस्थाको बारेमा समेत छफल भएको बुझिएको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सहिमार्गमा ल्याउन आग्रगामी र दिर्धकालीन समाधान खोज्ने बिषयमा समेत सहमति भएको बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति र त्यसको कार्यान्वयनका विषयमा विविध ढङ्गले बहस भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच भएको यो भेटवार्ता अर्थपूर्ण रहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्