News Portal

  • हामी ब्यक्तिगत पद, पैसा र प्रतिष्ठा त्यागेर क्रान्तिमा लागेका हौं -विप्लव

    जनगर्जन संवाददाता
    ४०१ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेका छन। नेकपाको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै महासचिव विप्लवले आफ्नो पार्टी सरकारमा जाने भन्ने कुरा निराधार भएको बतादै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला दलालहरुले अनर्गल रुपमा फैलाएको झुठो प्रचार भएको ठोकुवा गरे । महासचिव विप्लवले भने – “हामी ब्यक्तिगत पद, पैसा र प्रतिष्ठा त्यागेर क्रान्तिमा लागेका हौं । क्रान्ति जनताको मुक्तिको लागी हो ।”

    महासचिव विप्लवले आफ्नो पार्टी ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न दृढ रहेको बताउदै युद्ध र अशान्ति चाहनेहरुले राज्य र नेकपाबीच भएको वार्ता र सहमतिलाई विथाल्न खोजेको संकेत गर्दै भने “हामी ३ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौं । ३ बुँदे सहमति युद्ध र अशान्ति नचाहनेहरुले वार्ता बिथोल्न खोजिरहेका छन् ।”

    महासचिव विप्लवले जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउदै आएको भन्दै जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताए । महासचिव विप्लवले भने – “जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएको छौं र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहन्छौं ।”


    महासचिव विप्लवले जनता इतिहासको निर्माता भएको र जनताले नै इतिहास बदल्ने भन्दै न्यायपूर्ण संघर्षमा जनता कहिल्यै पराजित नहुने बरु जनताका सपनामाथि धोका, गद्दारी गर्ने र अपमान गर्ने गद्दारहरुलाई इतिहासले कुल्चेर अगाडी बढ्ने बताए ।

    महासचिव विप्लवले नेपाली जनताले पाइला–पाइलामा दलाल पुँजीवाद र साम्राज्यवादको थिचोमिचो विरुद्ध संघर्ष गर्दै अगाडी बढिरहेको र वैज्ञानिक समाजवादी व्यवस्था खोजिरहेको बताए । उनले ४० बर्षे संसदीय पुँजीवादी व्यवस्था असफल भएकोले जनताको प्रत्यक्ष सहभागितामा वैज्ञानिक समाजवाद कि दलाल संसदीय पुँजीवाद ? भनेर जनमतमा जानुपर्ने बताउदै अगाडी भने – “नेपालमा ४० बर्ष लामो संसदीय अभ्यास जनताले देखे, निर्वाचन मार्फत् नेता र दलहरु चुनिए तर नेता र दलहरु चुनिएर मात्रै जनताको समस्या समाधान हुन सकेनन् ।

    देश झन् रस्सातालमा पुग्यो । किनकी संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव पनि थिएन । त्यसकारण एकपटक व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।”

    प्रतिकृया दिनुहोस्