News Portal

  • महासचिव विप्लवको बारेमा अनुचित प्रचार नगर्न नेकपाको अनुरोध

    जनगर्जन संवाददाता
    ३४७ पटक

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको सचिवालयले एक बिज्ञप्ती जारी गरी नेकपा र नेतृत्वको बारेमा भ्रमपुर्ण प्रचारबाजि बन्द गर्न अनुरोध गरेको छ ।

    केही मिडियाहरुले नियतबस नै विप्लव गुमनाम भन्ने आसयका समाचार आए पछि महासचिव विप्लवको सचिवालयले उक्त बिषयको खंडन गर्दै बिज्ञप्ती प्रकाशित गरेको हो ।

    चैत २७ गते केही संचार माध्यमले सम्प्रेषण गरेको समाचारमा कुनै सत्यता नरहेको भन्दै महासचिव विप्लव पार्टीको आन्तरिक सगठनात्मक काममा ब्यस्त रहेको जानकारी गराएको छ ।

    नेकपाको केन्द्रिय सचिवालयको तर्फबाट असल ले जारी गरेको बिज्ञप्तीमा  नेकपा फागुन २१ को सहमतिलाई भाड्ने  प्रवृत्तिद्धारा प्रेरित भएर उक्त प्रचारबाजी गरेको टिप्पणी गरेको छ ।  नेकपाले आफ्नो पार्टी र नेतृत्व बारेमा अनुचित प्रचारबाजि नगर्न  चेतावनी दिदै नेकपा ३ बुद्दे प्रती पुर्ण  प्रतिवद्ध रहेको समेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्