News Portal

  • अखिल नेपाल किसान महासंघको अध्यक्षमा हरि श्रेष्ठ

    जनगर्जन संवाददाता
    ६६७ पटक

    काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेलाले हरि श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

    जसको उपाध्यक्षमा कालीबहादुर शाही र कर्ण सेन, महासचिवमा सागर अर्याल, सचिवमा दाबा हिम्वो र सागर तामाङ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दिनेश निरौला चयन भएका छन् ।

    किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत्र २४ गते मङ्गलबार सिन्धुलीको माडीमा राष्ट्रिय भेलाको उद्घाटन गरेको थियो । दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ ! वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ !! भन्ने नारा सहित भएको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले उद्घाटन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्