News Portal

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा रावल

    जनगर्जन संवाददाता
    ३८१ पटक

    २२ चैत, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मंगल रावल नियुक्त भएका छन् ।  प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो। सिफारिस समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो।

    प्रतिकृया दिनुहोस्