


चैत्र २१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा तत्काल राजीनामा दिने घोषणा गरेका छन् । कसैले राजीनामा देउ भन्दैमा आफूले राजीनामा नदिने तर संसदले दिएको समर्थन फिर्ता लिएमा भने तत्कालै राजीनामा दिने बताए ।
बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अरुले राजीनामा मागेको मागेकै गरेको भन्दै त्यस्तो मागेकै भरमा भने आफूले राजीनामा नदिने बताए ।आफ्नो राजीनामा माग्ने तर समर्थन फिर्ता नलिने गरेकोप्रति आश्चर्यचकित बनाए ।
उनको यो संकेत माओवादी केन्द्रतर्फ थियो ।
ओलीले मिडियाले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर असन्तुष्टि पोखेका छन् । उनले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानी जस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।
