News Portal

  • केपी ओलीले एमाले फुटाउन खोजेको खनाल नेपाल समुहको निष्कर्ष

    जनगर्जन संवाददाता
    ४६० पटक

    चैत्र २० काठमाण्डौं । एमाले भित्रको विवादले चरम रुप लिँदै गएको छ । फागुण २३ मा सर्वोच्च अदालतले साबिक एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि एमालेमा फर्किका माधव कुमार नेपाल सहितका नेतालाई साधारण सदस्य समेत नरहने गरी ओलीले कार्बाही गरिदिए पछि यसले तल्लो स्तरमै विवादको रुप बढाउदै लाने संकेत देखिएको छ ।

    नेताहरुमाथि कार्बाही पछि आज खनाल नेपाल समुहको स्थायी समितिको बैठकले समिक्षा गर्दै अब देशभर समानान्तर संगठन विस्तार, प्रशिक्षण, भेला गोष्टी गर्दै जाने निर्णय गरेको छ ।

    भोली बैठक बसेर चैत्र ४ र ५ गते सम्पन्न राष्ट्रिय भेलाले पारित गरेको प्रस्तावलाई अन्तिम रुप दिएर देशैभर वितरण गर्ने पनि यस समुहले तयारी गरेको एक नेताले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्