News Portal

  • तीन वर्ष भित्र याङग्री र लार्केको पानी पनि काठमाण्डौं आईपुग्ने प्रधानमन्त्रीको घोषणा

    जनगर्जन संवाददाता
    ४७४ पटक

    चैत्र २० काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका छन् ।

    आज काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याउने बताए ।

    मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएकोले तीन वर्ष भन्दा बढी नलाग्ने प्रधानमन्त्रीको दाबी छ ।

    मेलम्ची काठमाण्डौं आए पछि लामो समयको सपना पूरा भएको उनले बताए ।
    मेलम्चीको पानी धमाधम काठमाण्डौंमा वितरण भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्