


आज पोखराको अर्घौचोक स्थित नमस्ते पार्टीप्यालेसमा भएको २१ औं जेलब्रेक दिवसको कार्यक्रममा तत्कालिन जनयुद्दका क्रममा एतिहासिक गोर्खा जेलब्रेकका कमान्डर समेत रहनुभएको भुजेलले देशको उत्पादन र अर्थ प्रणालीलाई कंगाल बनाउदै बिदेशी समान ल्याएर देशमा बेच्दै कमिसन खाने र बिदेशिको गुलाम बनाउने काम पुँजिवादी ब्यवस्थाले गरेको भन्दै यो ब्यवस्थाले देशको अर्थतन्त्र लगायत सम्पुर्ण देशलाई आत्मनिर्भर हुन नदिने उल्लेख गर्नुभयो ।
भुजेलले आफ्नो अनुभुति, भावना र योगदान सहित जेलब्रेक गर्दै खुल्ला आकासमा आफ्ना प्रीय कमरेडहरु संग हातेमालो गरेको अवस्थाको समेत चित्रण गर्दै उहाँले देशमा जुन सपना बोकेर, उत्पीडित बर्गको मुत्ति, आफ्नो उद्देश्य सफल पार्नु र बैज्ञानिक समाजवादी ब्यवस्थाको कल्पना सहित सहि बिचार र सिद्धान्तको कारण आँफुमा त्यो अठोट र साहस उत्पन्न भएको बताउनु भयो ।
एेतिहासिक आन्दोलन र आन्दोलनका क्रममा बिभिन्न कोणबाट सहयोग गर्ने क्रममा जेल ब्रेकको पनि ठुलो भुमिका रहेको भन्दै भुजेलले आफ्ना सहकर्मिहरुलाई कृतज्ञता ब्यत्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै भुजेलले आफ्नो सपना साथै सबै जनताको सपना लत्याउदै दलाल पुँजीवादी ब्यवस्थाले जनतामा पारेको समस्या एक पछि अर्को गरी दिनानु दीन बढ्दै जानुले यो राज्य ब्यवस्थाले गरेका गतिबिधि र समस्याको जड कुरा सबै जनताले बुझ्नुपर्ने बताउनुभयो । यस्तै उहाँले चुनावमा काङ्ग्रेस एमाले लगायतका पार्टीहरुलाई जिताएर मात्र समस्याको हल नहुने साथै बिप्लव नै यो ब्यवस्थामा गए पनि जनताको, किसान मजदुर र देशको समस्याको हल नहुने उल्लेख गर्नुभयो । यस्तै उहाले असल मानिस पनि त्यहाँ गएर खराब हुनुपर्ने र खराब रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै भुजेलले सत्ता नजिकका दलालहरु बिकास निर्माणको नाउँमा भ्रष्टाचारमा लिप्त रहेको हुँदा अहिलेको ब्यवस्था हुनेखानेको ब्यवस्था हो भन्दै उहाँले किसान, मजदुर, दलित र सम्पुर्ण उत्पीडित बर्गले सरल जिवनयापन गर्ने ब्यवस्थाको परिकल्पना गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले थप्दै महिला, गरीब किसान , मजदुरलाई अधिकार दिलाउने साथै बिदेशीको हस्तक्षपको अन्त्य गर्दै हरेक नागरीकले आफ्नो भाग्य आँफै बनाउने बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी द्वारा आयोजित उत्त कार्यक्रममा गोर्खा जेल ब्रेकर कमान्डर क. शिलु र सन्जु अर्याल लाई सम्मान गरीएको थियो ।
कार्यक्रममा जेल ब्रेकरकी योजनाकार सन्जु अर्यालले अनुभुति सहित आफ्नो मन्तब्य समेत राख्नुभएको थियो ।
यस्तै ममता सुर्खेतिद्वारा सन्चालन गरीएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्द, केन्द्रीय उपाध्यक्ष भृकुटी र केद्रीय सचिव उषा घर्ति साथै गण्डक ब्युरो अन्तर्गतका जिल्लाका जिल्ला इन्चार्ज, सेक्रेटरी र बिभिन्न जबस मोर्चाका ब्युरो सदस्यहरु लगायतका अतिथ्यता रहेको थियो भने कार्यक्रम अनेम संघ क्रान्तिकारी गण्डक संयोजक सोम माया बिकको अध्यक्षता सम्पन्न भएको हो ।
