News Portal

  • कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    जनगर्जन संवाददाता
    ३३३ पटक

    १४ चैत, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

    बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ ।

    शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो ।

    नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्