


चैत्र ४ काठमाण्डौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरु पीडित भएको गुनासो गरेका छन् ।
आज आफ्नो समुहको राष्ट्रिय भेलालाई संवोधन गर्दै नेता नेपालले यहाँ भेला भएका सबै ओलीबाट पीडित भएको बताए ।
यस्तै नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताए । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप लगाए ।
गुटको शुरुवात ओलीले नै गरेको दाबी गर्दै नेपालले टिकट वितरण देखि नियुक्ति सम्म पूर्वाग्रह राखेको र मदन भण्डारी फाउन्डेसनको नाममा गुटबन्दी गरेको बताए ।
उनले ओलीका साईबर स्यालहरु अझै जिउदो रहेको भन्दै योगेश भट्टराईको हस्ताक्षर चोरेर फेक सुचना आज जारी गरेको दाबी गरे ।
ओलीका साईबर स्यालले अझै पनि गलत सूचनाहरु ल्याउन सक्ने भन्दै अब भ्रममा नपर्न नेपालले आग्रह गरे ।
आफूहरुको लँडाई पदका लागि नभई सिद्धान्त र विधिका लागि भएको पनि नेता नेपालले दाबी गरे ।
