


फागुण २७ काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू मर्न पनि तयार रहेको,जेल जान पनि तयार भएरनै केपी ओली प्रवृति बिरुद्ध सम्झौताहिन संघर्ष थालेको बताएका छन् ।
पेरिसडाँडामा नँया नमुना स्वास्थ्यकर्मी संघको भेलालाई संवोधन गर्दै प्रचण्डले ओली प्रवृति बिरुद्ध १९ पृष्ट लामो दस्तावेज लेख्दा फेरी नयाँ जनयुद्धको दस्तावेज लेखे जस्तो महसुस भएको बताए । ओलीसँग सम्झौता गर्दा सम्पूर्ण कुरा ध्वस्त हुने देखे पछि प्रहार गनै पर्छ भनेर आफू अघि बढेको प्रचण्डको भनाई छ ।
अहिले पनि परिवर्तनका बिरुद्ध षड्यन्त्र भईरहेको भन्दै प्रचण्डले आफ्नै धरातल कमजोर हुँदा कमजोरी देखिएको भन्दै अब आफ्नै खुट्टामा उभिने , क्रान्तिकारी बिचार र साथीहरुमाथि भर परेर नै यो लँडाई जीत्ने गरी फेरी एक पटक अघि बढ्ने उनले बताए ।
उनले आफूले जनयुद्ध थाल्दा ४३ वर्षको भएको स्मरण गर्दै अहिले ६७ वर्षको उमेरमा पनि आफू जनता र देशका बिरुद्ध हुने षडयन्त्र बिरुद्ध क्रान्ति गर्न, अभियान चलाउन र लड्न तयार रहेको र पछि नहटने बताए ।देशव्यापी रुपमा जनतासँग जोडिने र अभियान चलाउने , दुई चार वर्ष जनताको बीचमा बस्ने सोँचमा छु । प्रचण्डले भने ।
