
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गरेको हो।
यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ सहभागी ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
जीपीए अनुसार विद्यार्थीको विवरण:३.६ देखि ४.० जीपीए: ४८,१७७ जना,३.२ देखि ३.६ जीपीए: ८१,३५५ जना,२.८ देखि ३.२ जीपीए: ९९,१२४ जना,२.४ देखि २.८ जीपीए: ४८,४७९ जना,२.० देखि २.४ जीपीए: ४,१२६ जना,१.६ देखि २.० जीपीए: ८ जना रहेको छ ।
१२६ परीक्षार्थीको परीक्षा रद्द भएको छ भने १ लाख ६७ हजार ५९७ विद्यार्थी अवर्गीकृत भएका छन्। यस वर्षको एसईई परीक्षा २०७९ चैत ७ गतेदेखि सञ्चालन भएको थियो।
नतिजा हेर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ।
एसएमएसमार्फत नतिजा हेर्नका लागि:नेपाल टेलिकम: १६०० मा रोल नम्बर टाइप गरेर पठाउने,जानकी टेक्नोलोजी (३५००१),आकाश टेक (३४४५५),अल स्टार आईटी सोलुसन्स (३४९४९) मा पनि रोल नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ।