News Portal

  • एकीकरण गर्ने भए १५ दिन भित्र गर्न एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको पत्राचार

    जनगर्जन संवाददाता
    ५०५ पटक

    फागुण २५ काठमाण्डौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्ने भए १५ दिन भित्र आयोगमा सम्पर्क गर्न भन्दै पत्राचार गरेको छ । आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निर्णयसहित उपस्थित हुन भनेको हो ।

    आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरणको निर्णय गराई एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा उपस्थित हुन भन्दै पत्र पठाएको हो ।

    प्रतिकृया दिनुहोस्