News Portal

  • आज २०७७ मंसिर १२ गते शुक्रबार, यी राशिका लागि हुनेछ एकदमै शुभ, कुन राशिलाई छ तनाव ?

    जनगर्जन संवाददाता
    ९८३ पटक

    आज २०७७ मंसिर १२ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । आज कुन राशिका लागि कस्तो छ ?

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो – पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) – रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सहजै कार्य सम्पादन हुनेछ । मुद्दा मामिलामा सफलता प्राप्त होला । विशेष उपहार प्राप्तिको योग छ । घरमा पाहुनाको आगमन पनि हुन सक्नेछ । मिष्ठान्न भोजनको अवसर छ । धर्म, कर्ममा मन लाग्नेछ । सामाजिक पदप्रतिष्ठापनि प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा भने खटपट हुन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ । शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – नयाँ योजना सुरू गर्ने सोचमा हुनुहुन्छ भने अहिले नगरेकै राम्रो । काम विगार्नेहरू सक्रिय हुनेछन् । कुनै पनि काम गोप्य ढंगले गर्दा उत्तम होला । खर्च बढ्नेछ । शरीर भारी भएको महशुष हुनेछ । उत्तरार्धपछि भने साथिभाईसँगको भेटले उमंग छाउला । प्रेमी प्रेमीकाबीचको सम्बन्ध मध्यम रहला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – स्वास्थ्य प्रतिकूल हुनेछ । अनाव्यकरूपमा खर्च बढ्नेछ । सोचेको काम अघि नबढ्दा दिक्दारी लाग्नेछ । मन चञ्चल हुनेछ । कुनै पनि काम गर्नअघि सोचविचार र गोप्य ढंगले गर्नु होला । मुद्दा मामिला आइलाग्ला । सरकारी निकायको भय हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

    प्रतिकृया दिनुहोस्