News Portal

  • यो सरकारको आयु सकियो: माधव नेपाल

    जनगर्जन संवाददाता
    ५९३ पटक

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले यो सरकारको आयु सकिएको बताएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य अब सकिएको उनको टिप्पणी छ।

    संसद भवनबाट आइतबार साँझ बाहिरिएका अध्यक्ष नेपालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘यो सरकारको आयु सकियो। पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने आयु सकियो।’

    उनले आफूहरूले दु:ख गरेर नेकपा पार्टी बनाएको पनि उल्लेख गरेका थिए। सर्वोच्च अदालतले आज नेकपा पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएको थियो।

    प्रतिकृया दिनुहोस्