News Portal

  • विप्लवसहित चार कम्युनिस्ट पार्टीको रणनीतिक मोर्चाको बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    ३२७ पटक

    काठमाडौं । विप्लव सहित चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको बैठक काठमाडौंमा बसेको छ । मोहन वैद्य किरणको क्रान्तिकारी–माओवादी, ऋषि कट्टेलको नेकपा र विश्वभक्त दुलाल आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको बैठक बसेको छ ।

    विप्लव नेतृत्वको नेकपा प्रतिबन्धपछि सार्वजनिक भएपछि विप्लव सहभागी रहेको यो बैठकले विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको पछिल्लो सहमतिबारे छलफल गरेको छ ।

    बैठकले चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको आगामी कार्यक्रमबारे नयाँ कार्यक्रम तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस्