News Portal

नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल हुँदै

जनगर्जन संवाददाता२०८२ बैशाख २४
२२ पटक

काठमाडौं । संघीय संसद्को दुबै सदनमा आज पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तोकिएको छ।

प्रतिनिधिसभामा गत सोमबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो। आजको बैठकअघि अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र संघीयता सबलीकरण समितिका बैठकहरू सञ्चालन हुने संघीय संसद् सचिवालयले जनाएको छ।

यता, राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमसम्बन्धी प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्