जनगर्जन संवाददाता



फागुण २१ काठमाण्डौं । दलाल पूजीवादी राज्य सत्तालाई विघटन गरी वैज्ञानिक समाजवाद निर्माणका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अघि बढेको नेकपाका महासचिव नेत्र विक्रम चन्द २ बर्ष पछि आज सार्वजनिक हुने भएका छन् ।
सरकारले २०७५ साल फागुण २८ गते प्रतिवन्ध लगाए पछि सार्वजनिक रुपमा देखा नपरेका विप्लव सरकारसँग सम्झौता भए पछि आज सार्वजनिक हुन लागेका हुन् ।
आज दिँउसो २ बजे राष्ट्रिय सभागृहमा एक बिशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले संवोधन गर्नेछन् ।
यस अघि हिजो भएको तीन बुदे सहमति पछि जारी विज्ञप्ति अनुसार नेकपा शान्तिपूर्ण राजनीतिमा आउने,सरकारले लगाएको प्रतिवन्ध फुकुवा गर्ने, बन्दीहरु रिहाई गर्ने, मुद्धा खारेज गर्ने लगायतका बिषयमा सम्झौता भएको थियो ।
