News Portal

समाजवादी थारु मुक्ति माेर्चा, नेपालद्वारा राष्ट्रिय सम्मेलनको मिति तय

जनगर्जन संवाददाता२०८१ माघ २१
६१ पटक

दाङ । समाजवादी थारु मुक्ति माेर्चा, नेपालले रास्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको छ। दाङ जिल्लाकाे थारु गाउँ कठाहामा आइतबार सम्पन्न मोर्चाको दाेस्राे पूर्ण बैठकले आगामी बैशाख १० गते मोर्चाको सम्मेलन गर्ने निर्णय गरेको हो।

मोर्चाले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन पारेर थारु समुदायकाे घना आवादी भएकाे जिल्ला दाङमा सम्मेलनको उद्घाटन गर्ने निर्णय गरेको जानकारी दिइएको छ। वि.स.२००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।त्यस्तै संस्थापक सदस्यहरुमा नरबहादुर कर्मचार्य, नारायण बिलाश जोशी र निरञ्जन गोबिन्ध बैध रहेका थिए।

दाङ, बाके,बर्दिया , कैलाली,कञ्चनपुर र चितवन लगायतका तराईका जिल्लामा बसोबास गर्दै आएका थारु समुदायलाई त्यहाँको भुमि पुत्रको रूपमा लिइन्छ भने उनिहरु आफ्नो भाषा, कला, सँस्कृति र रास्ट्रीयताको संरक्षणसहित आर्थिक राजनीतिक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् ।देशमा गणतन्त्र आइसकेपछि पनि थारु लगायत उत्पीडित जाति जनजातिहरु अधिकार सप्पन्न हुन नसकेको भन्दै अब समाजवादी व्यवस्था अन्तर्गत मात्रै उनीहरुको माग पुरा हुने बुझाइ सहित समाजवादी थारु रास्ट्रीय मुक्ति मोर्चा ,नेपाल गठन गरिएको बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् जातीय/क्षेत्रीय माेर्चाका फ्र्याक्शन इञ्चार्ज सन्ताेष सी `बिषम´को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा माेर्चाका सल्लाहकार संयाेजक संघप्रसाद थारु , सल्लाहकारहरु टिकाराम सी र धनकबहादुर सी तथा नेकपा केन्द्रीय सदस्य बिक्रमकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमको अध्यक्षता माेर्चाकाे अध्यक्ष नाथुराम थारुले गरेका थिए।

प्रतिकृया दिनुहोस्