News Portal

  • विप्लवले नेतृत्व गर्नु भयको नेपाल कम्युनिष्ट पार्टी सँग छिट्टै वार्ता गर्छौँ : प्रधानमन्त्री ओली

    जनगर्जन संवाददाता
    ३०७ पटक

    प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव ले नेतृत्व गर्नु भयको नेपाल कम्युनिष्ट पार्टी सँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

    ‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

    उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’  सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।

    प्रतिकृया दिनुहोस्