News Portal

अर्तिदिने राजनीति होईन लिडर उत्पादमा जोडिएको राजनीति चाहिन्छः विप्लव सी

वसन्त बि क२०८१ माघ १४
८९ पटक

१४ माघ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अर्कालाई अर्तिदिने राजनीति नभएर उत्पादनमा लिडर जोडिएको राजनीतिक चाहिने बताएका छन ।

नेकपाले सोमवार बुढानिलकण्ठमा सुरु गरेको सी व्यापार केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले अर्कालाई अर्ति दिने राजनीति नभई उत्पादनमा लिडर जोडिएको राजनीति चाहिएको बताएका हुन ।
उनले नेपालका कम्युनिष्टहरुको आफ्नै अर्थ दृष्टिकोण र उत्पादन नहुदा नेपालमा राजनीतिक समस्यासंगै आर्थिक समस्या आएको ठोकुवा गरे ।

महासचिव विप्लवले नेपालको राजनीतिक समस्यासंगै आर्थिक समस्या समाधान गर्न नेपालको साधन श्रोतलाई उत्पादनमा लगाउनु पर्ने धारणा राखे ।
उनले राजनीतिक समस्या त छदैछ तर आर्थिक रुपमा नयाँ दृष्टिकोण सहित विकास गर्न नसक्दा पुँजीवादसंग सोभियत संघको समाजवाद हारेको जिकिर गरे । ।

उनले नेकपाले गरेको उत्पादन उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी जनतामा सस्तो र सुभल मुल्यमा दिने बताए ।
‘उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ होला । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ । हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्नु जरुरी छैन’ उनले भने, ‘तीन घण्टा श्रममा जोडिनोस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छु । अब झोला बोकेर मात्र हुदैन । उत्पादनमा जोडिनु पर्छ उत्पादनले हामीलाई अहिले समस्या छैन । हाम्रो विश्वास के छ भने घाटामा जाँदैनौँ । मरेर पनि श्रम गर्छौँ ।’

महासचिव विप्लवले ०८४ नेपालको राजनीति उथलपुथल र कायाकल्प हुने दाबी गरे ।
उनले भने, ‘नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ ।’

उनले राजनीति पार्टीको उद्देश्य सत्ता नै भएको भन्दै तर कस्को सत्ता भन्ने कुरा मुख्य कुरा भएको बताए ।
‘नेपालमा जनताको सत्ता छैन हामी जनताको सत्ता चाहान्छौ’ महासचिव विप्वलले भने, ‘यो माग्ने चिज होईन, नैसर्गिक अधिकार हो ।’
उनले नेपालको मुख्य समस्या दलाल पुँजीवाद र यसको संरक्षण गर्नेहरु भएको भन्दै सबै अग्रगामी मित्र शक्तिहरुसंग सहकार्य हुने बताए ।

प्रतिकृया दिनुहोस्