काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बलियो बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी वा कसैसित गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन ।
आज दाङमा पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाब एक्लै लड्ने बताएका हुन । उनले एमालेसँग अब मिल्ने सम्भावना नरहेको पनि बताएका छन ।
‘२०७४ सालको निर्वाचनपछि एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै गरेको हुँ । तर, पार्टी एकता धेरै टिक्न सकेन । त्यसपछि फेरि म प्रधानमन्त्री हुँदा सहकार्यको निर्णय लिएँ, त्यो पनि टिक्न सकेन,बिछ बिचमा धोका भयो उनले भने, ‘त्यसैले अब एमालेसँग मिल्ने सम्भावना छैन,।’
अध्यक्ष प्रचण्डले माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजिएको छ । ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो । त्यसको पनि समीक्षा गरेर हामी मंसिरमा भएको उपनिर्वाचनमा एक्लै चुनावमा होमियौँ र राम्रो नतिजा पनि ल्यायौँ,’ उनले भने, ‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ र ०८४ मा हामी सफल पनि हुन्छौ ।’