News Portal

मोर्चाको सातौ बैठकमा रिपोर्टिङको काम सम्पन्न

निशान विश्वकर्मा२०८१ माघ ११
१९९ पटक

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल,केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिहरुद्वारा रिपोर्टिङ राख्ने काम सम्पन्न भएको छ । आजदेखि काठमाडौंमा बसेको सातौं पूर्ण बैठकले सो काम गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी. को प्रमुख आतिथ्यतामा बसेको बैठकमा मोर्चाका अध्यक्ष रामलाल सीद्वारा ७ बुँदे राजनीतिक प्रस्ताव पेस गरिएको छ । उक्त प्रस्तावमाथी सबै प्रदेश, जिल्ला र विभागको सदस्यहरुले छलफल गरि रिपोर्ट राख्ने काम सम्पन्न भएको छ ।

शनिबार रिपोर्टमा उठेका प्रश्नहरूको जवाफ सहित समसामयिक विषयमा प्रमुख अतिथि प्रकाण्ड सीद्वारा प्रशिक्षण दिने कार्यक्रम रहेको कुरा मोर्चाका महासचिव त्रिलोचन सी.ले बताएका छन ।

बैठकले मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन गर्ने र जातीय मुक्ति संघर्षको विषयमा महत्त्वपूर्ण निर्णय गरिने अपेक्षा समेत रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्