News Portal

सुदुरपश्चिमबाट २ दर्जन व्याक्ति नेकपामा प्रबेस

जनगर्जन संवाददाता२०८१ माघ ८
२६ पटक

धनगढी  । सुदुरपश्चिमका विभिन्न जिल्लाबाट २ दर्जन व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन। मङ्गलबार धनगढीमा आयोजित प्रशिक्षणको क्रममा उनिहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले जानकारी दिएका छन् ।

कार्यक्रममा डोटी जिल्लाबाट नेकपा एमालेका पूर्ब केन्द्रिय सदस्य एव उपमेयर प्रेम बहादुर शाह,एमाले प्रदेश समिति सदस्य प्रेमसिंह नेपाली,माओवादी केन्द्र जिल्ला सदस्य मान बहादुर बिक सहित प्रकाश थापा मगर , कमल रोकामगर,तारा सिंह रम्तेल र कमल घर्ती समाहित भएका छन् ।

कञ्चनपुरबाट माओवादी केन्द्रिय सल्लाहकार कलबहादुर सार्की, रेडियो शुक्लाफाटाका सञ्चालक देबीदत्त ओझा,माओवादी जिल्ला सदस्य मदनसिंह धामी,थारु समुदायका बडघर कृष्ण चौधरी र चुकी चौधरी लगायत ,हरी चौधरी , बिक्रम राना, बिजय राना, मोहनसिंह बिष्ट र दिनेश बिष्ट नेकपामा समाहित भएका छन्

त्यस्तै कैलालीबाट माओवादी केन्द्रका नरेस बिक,बाधाराम चौधरी ,दुर्केश चौधरी ,पुर्व जनमुक्ति सेनाका तारा सिंह, हसिना चौधरी , चुन्नुलाल चौधरी र टिसन भुसाल तथा बैतडीबाट खेमराज भट्ट (अग्रीम) नेकपामा समाहित भएको बताइएको छ।

पार्टी कार्यकर्ता प्रशिक्षणको क्रममा धनगढी पुगेका नेकपा महासचिव विप्लवले पार्टीमा समाहित हुनेहरूलाई स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस्