News Portal

  • वैशाखमा कुनै पनि हालतमा ओलीजीले चुनाव गराउँदैनन् : शशांक कोइराला

    जनगर्जन संवाददाता
    ५०५ पटक

    ९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघको अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा. कोइरालाले सत्तारुढ नेकपाको विवादकै कारण निर्धारित मितिमा चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् ।

    वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने भन्दै महामन्त्री कोइरालाले कांग्रेसले आफ्नो ध्यान आगामी भदौका लागि तय भएको महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बताए । कोइरालाले भने, ‘मलाई लाग्छ ओलीजीले चुनाव गराउनुहुन्न । उहाँले तय गरेको मितिसम्म चुनाव हुँदैन ।’

    संसद विघटन विरुद्ध संघर्ष गर्न आवश्यक रहेको तर कांग्रेसले कम्युनिष्टहरूसँग मिलेर आन्दोलन गर्न नहुने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस्