News Portal

तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा सरकार गए प्रतिबाद गदछौंः प्रकाण्ड सी

जनगर्जन संवाददाता२०८१ पौष १६
११ पटक

,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले सरकार तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा जान खोजे त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले शनिवार सुर्खेतको वीरेन्द्र्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले सरकार तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा जान खोजे त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिनु भएको हो ।

उहाँले भन्नु भयो ‘यो सरकारले तीन बुँदे सहमति विपरित गतिविधि गरिरहेको छ, अहिले सम्म आफ्नो नेता कार्यकर्तामाथिका झुट्टा मुद्धा फिर्ता लिएको छैन,मुद्धा फिर्तालिन केही नेपाल ऐन सशोधन गर्न बनेको धारा ६४ को संशोधन प्रावधान फिर्ता लिने भनेको छ, यी क्रियाकलापहरु तीन बुँदे सहमति विपरित छन, यो ओली सरकारको फासिवादी अभ्यास हो, यदि त्यसो भए हामी प्रतिबाद गछौ ।’
उहाँले आफ्नो पार्टी शान्तिपूर्ण माध्यमबाट नेपालमा देश र जनताको समस्याहरु समाधान गर्न चाहेको प्रष्ट्याउदै सरकारले दमन र हिंसाको बाटो लिन खोजे सशक्त प्रतिवाद गर्नुको विकल्प नभएको उद्घोष गर्नु भयो ।

‘हामी देश र जनताको मुद्धा लिएर संघर्ष गरेका हौं,कुनै सामाजिक अपराध गरेका छैनौ’ उहाँले भन्नु भयो, ‘यो दलाल संसदीय व्यवस्थाको अदालतमा हामी हाजिर हुन जादैनौ, मुद्धा सहमति अनुसार खारेज हुनुपर्छ, होईन भने हामीले जनतामाथि अपराध गर्ने तत्वलाई जनताको अदालतमा उभ्याउनेछौ ।’
प्रवक्ता प्रकाण्ड सीले नेकपाले आगामी निर्वाचनमा नेकपा सहभागी हुने निर्णय गरेको जानकारी दिर्दै नेकपाका नेता कार्यकर्तामाथि लगाईएका सम्पूर्ण झुट्टा मुद्धा तत्काल खारेज गर्न आग्रह गर्नु भयो ।

‘अहिलेको व्यवस्था पूर्ण असफल भयो, यसको विकल्प चाहिन्छ’ उहाँले भन्नु भयो, ‘सबै विकल्पको वारे सबैतिर बहसमा भएको छ, नेपालमा संविधान संशोधनको कुरा उठिरहेको छ यो कांग्रेस एमालेले पनि उठाएका छन, उहाँहरु संविधान संशोधनको कुरामा अगाडि बढेर गर्नु हुन्छकि पछाडि फर्केर गर्नु हुन्छ त्यो त हेर्न वाँकी छ ।’
प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिष्ट पार्टी ०८४ को निर्वाचनमा सहभागी हुने भएपछि दलालहरु षड्यन्त्रमा लागेको जिकिर गर्नु भयो । उहाँले कर्णालीको विकासमा अहिले पनि काठमाडौले उपेक्षा गरेको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो ‘कर्णालीको विकासका लागि सबै कर्णालीवासीहरु एकताबद्ध हुनुपर्छ, समाजवादका लागि एकठाउँमा उभिनुपर्छ, समाजवाद विना उत्पीडित क्षेत्र,जाति र समुदायको मुक्ति हुदैन ।’
उहाँले अहिलेको समस्याको समाधानको उत्तम विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गर्दै समाजवादी क्रान्तिमा सबैलाई साथ दिन अपिल गर्नु भयो ।

प्रतिकृया दिनुहोस्