काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध शब्दप्रति सर्वोच्च न्यायालयले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएपछि त्यसप्रति आपत्ति जनाउँदै विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्यायो ? महिलालाई बन्दुक कसले बोकायो ? कमाण्डर कसले बनायो ? नेता कसले बनायो ? कसरी लेख्न सकेको ? न्यायालयले के लेख्न खोजेको हो ?’
अहिले सत्ता समालिरहेका नेकपाका अध्यक्ष ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा गरे ।
‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । ससददेखि न्यायालयसम्म,सडकदेखि सदनसम्म अनि ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?,’ उनले भनेका छन्, ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ? रातो स्कुटर कसले किन्दियो ? हैन ? केपी जीलाई सोध्नुपर्ने भएको छ, तपाईंलाई ताज कसले बनाइदियो ? कुर्सी कसले पहिराइदियो ? तपाईंलाई राज गर्ने स्थान कसले बनाइदियो ?