News Portal

अखिल ( समाजवादी) केन्द्रिय समितिको बैठक आजदेखी चितवनमा सुरु

जनगर्जन संवाददाता२०८१ पौष ९
१३८ पटक

काठमाडौं । अखिल (समाजवादी) केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा चितवनमा आज पुस ९ देखि सुरु भएको छ ।

अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा विविध एजेन्डाहरुमाथि छलफल गरिने अखिल समाजवादीका महासचिव प्रकाश सीले जानकारी दिएका छन ।

चितवनमा भैरहेको यस बैठकमा देशमा भैरहेका समसामयिक विषयलाई मुख्य आधार बनाएर छलफल गरिने छ । बैठक ३ दिन अर्थात आज देखी पर्सीसम्म चल्नेछ ।

सो बैठकको मुख्य एजेन्डामा अब आउने स्ववियु निर्वाचनबारे कसरी जाने, संगठनलाई अझ सशक्त रुपमा कसरी लैजाने वा निर्माण गर्ने, संगठनका लागी उत्पादनलाई कसरी व्यवस्थित गर्ने, देशमा भैरहेको विकृती र शिक्षा क्षेत्रमा भएका विकृतिलाई कसरी लैजाने, त्यस्तै विश्वविद्यालय र शिक्षालयमा सुधार अभियान, युवा तथा विध्यार्थीहरुको बेरोजगार र विदेश पलायनको अवस्थालाई कसरी न्यूनीकरण गर्ने विषयमा गहन रुपमा छलफल गरिने बताइएको छ ।

नेपाललाई अहिले सबैभन्दा बढी चाहिएको आर्थिक परिवर्तन हो । त्यो आर्थिक परिवर्तन भनेको अब रास्ट्रिय पुँजीको विकास बाट मात्र सम्भब देखिन्छ । कोरा राजनीतिक दर्शनले अर्थशास्त्रलाई बेवास्ता गर्दछ भने अर्कोतर्फ त्यस्ता राजनीतिक अधिकारहरू तबसम्म अर्थहीन हुन्छन् जबसम्म मानिसहरूले उनीहरूको आर्थिक र सामाजिक अधिकार प्रयोग गर्न सक्दैनन् । ‘नयाँ नेपाल’ बनाउनु राजनीतिज्ञहरूको मूल नारा हो, तर ‘नयाँ’ अझै पनि ‘पुरानो’ नेतृत्वमा, र क्रमबद्ध, पितृसत्तात्मक शासन प्रणालीबाट गठन भएको ढर्राबाट नै चलिरहेको छ । सरकार र राजनीतिक दलहरूले अब नागरिकको आकांक्षालाई पहिचान गरी उनीहरूको सम्भाव्यता पत्ता लगाउन, विकास गर्न र उपयोग गर्नका लागि पढे लेखेका युवा पुस्ताहरूलाई अवसर दिनुपर्दछ । यी र यस्तै विषयहरु विद्यार्थी र युवा पुस्ताले आफ्नो छलफलको विषय बनाउनु पर्दछ भन्ने आम जिज्ञासाका बीच अखिल(समाजवादी) को बैठकले गर्ने निर्णयलाई आम चासोको रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्