News Portal

  • प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश,सत्ता पक्षले सभाको बैठक बहिष्कार

    अविश्वास प्रस्ताव पेश गर्दै प्रचण्ड माधव समूहका सांसद इन्द्रबहादुर आङ्बो ।

    जनगर्जन संवाददाता
    ४३० पटक

    ९ फागुन, विराटनगर । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

    राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।

    आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ ।

    सत्ता पक्षले नै आजको प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । सरकारले नै संसद बैठक बहिष्कार गरेको यो विरलै घटना मध्य एक हो ।

    अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्