News Portal

रविको संसद पद निलम्बन गर्ने माग

जनगर्जन संवाददाता२०८१ पौष ७
१६ पटक

काठमाडौं । रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको हो । समय अभाव भएका कारण यसबारे सोमबार मात्र अगाडि बढाउने बताएका छन ।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग गरिएको हो ।

प्रतिकृया दिनुहोस्