जनगर्जन संवाददाता



फागुण ९ । नेपालले अग्रिम भुक्तानी दिएर अर्डर गरेको २० लाख कोरोनाको खोप मध्य १० लाख डोज खोप आज भारतबाट ल्याईदैछ । दिउसो साढे १ बजे एयर ईन्डियाको विमान मार्फत यो खोप काठमाण्डौं आईपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खोपलाई आज टेकु स्थित स्वास्थ्य सेवा विभागको कोल्ड भण्डारमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो खोप २३ फागुण देखि विभिन्न प्रदेशहरुमा तेस्रो चरणको खोप अभियान अन्तर्गत लगाईने छ ।
बाँकी १० लाख डोज केही समय पछि आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि भारतले अनुदानमा दिएको १० लाख कोभिशिल्ड खोप दुई चरणमा लगाईएको थियो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतबाट खोप आईपुग्ने र फेरुी चीनबाट पनि खोप ल्याउने बताएका थिए ।
