जनगर्जन संवाददाता



८ फागुन, विराटनगर । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभा ड्रोनले समेत खिच्न नसक्ने बताएका छन् ।
प्रदेश-१ स्तरीय सभा सम्बोधन गर्दै ओलीले ड्रोनहरु पनि सभाको फोटो खिच्न नसकिरहेको बताए । ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ, यो सभा कत्रो छ भनेर’, ओलीले भने ।
