News Portal

  • हामी बार्ता र सम्वादका लागी तयार छौं : विप्लव

    जनगर्जन संवाददाता
    ४७३ पटक

    फागुन ८, बुटवल । नेकपाका महासचिव विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरणबन्ने अवस्थामा सरकारसँग वार्ता र सम्वादका लागी सकारात्मक रहेको बताएका छन् ।

    शनिबार महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै महासचिव विप्लवले क्रान्ति राष्ट्र, समाज र अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागी गरिएको सचेत पहल भएको भन्दै यो प्रक्रियामा वार्ताको लागी तयार रहेको बताएका छन् ।

    सरकारले बार्ताको हल्ला चलाएको बेला महासचिव विप्लवको वार्ताबारे वक्तव्य सार्वजनिक भएको हो । सरकारले बार्ताको हल्ला चलाएर नेकपाका नेता तथा कार्यकर्तालाई दमन, धरपकड र गिरफ्तार गरिरहेको थियो । फागुन ६ गते बुटवलमा रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गरेर फर्किदै गर्दा नेकपाका नेता एवं बौद्धिक व्यक्तित्व भेसराज भुसाल र देबवहादुर केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    अहिलेसम्म नेकपाका केन्द्रीय नेताहरु सुदर्शन, धर्मेन्द्र वास्तोला, ओम पुन, माइला लामा, संगमलगायत दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरी जेल हिरासतमा बन्दी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्