News Portal

जनपत्रकार संगठनले दाङमा लगाएको ताला खोल्यो,५ बुदामा केके भए सहमति?

जनगर्जन संवाददाता२०८१ मंसिर २२
५० पटक

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा दुई सञ्चार संगठनले लगाएको तालाबन्दी खुलेको छ ।

पत्रकार महासंघ र दुई क्रीयाशिल संगठन जनपत्रकार संगठन, नेपाल दाङ र प्रगतिशील पत्रकार संघ दाङबिच भएको सहमती पश्चात गरिएको अनिश्चितकालीन तालाबन्दी खुलाइएको हो ।

शनिबार नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाईमा जिल्लाका क्रीयाशिल सम्पुर्ण सञ्चार संघ/संगठनबिच भएको बैठकले ५ बुदामा विभिन्न निर्णय गर्दै तालाबन्दी खोल्ने टुँगोमा पुगेको जनपत्रकार संगठन नेपालका दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीले बताए।

बैठकले महासंघको केन्द्रीय समितिको शुद्धीकरण मापदण्ड अनुसार दाङ शाखाले नविकरण गर्न सिफारिस गरेका र यसअघि मतदाता नामावलीमा नाम समावेस भई पछिल्लो सुचीमा छुट हुन गएका १६ जनाको नाम मतदाता नामावलीमा समावेस गर्न पत्रकार महासंघ लुम्बिनी प्रदेश समिती र केन्द्रीय समितीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले यसअघि महासंघको दाङ शाखाले स्थानान्तरणका लागि सिफारिस गरेका नामहरु छुट्न गएकाले उक्त नाम दाङ शाखामा कायम गरिदिन महासंघको प्रदेश र केन्द्रीय समितीलाई अनुरोध गर्ने गरेको छ ।

बैठकले महासंघको २८ गतेको निर्वाचन सौहार्दपुर्ण ढंगले सम्पन्न गर्न सबै सञ्चार संघ/संगठनले सहयोग गर्ने निर्णय गरेको छ । साथै नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न सबै सञ्चार संघ/संगठनहरुले अधिकतम रुपमा पहल गर्ने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले महासंघको सदस्यता बारे असहमति जनाउँदै जनपत्रकार संगठन नेपाल र प्रगतिशील पत्रकार संघ नेपालले दाङ शाखामा गरेको तालाबन्दी खोल्ने निर्णय समेत गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्