News Portal

जुम्लाबाट टिकापुर जाँदै गरेको बस दुर्घटना

जनगर्जन संवाददाता२०८१ मंसिर ७
१३४ पटक

दैलेख । जुम्लाबाट टिकापुर जाँदै गरेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना भएको छ ।

शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस आठविस नगरपालिका ३ सिस्नेमा ब्रेक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

बस भित्तामा ठोकिएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिएका छन । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्