News Portal

  • डिल्लीबजार कारागार पठाईयो पूर्वमन्त्री मनाङेलाई

    जनगर्जन २०८१ कार्तिक २७
    ८९ पटक

    काठमाडौ । ज्यान मुद्दाका दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आज डिल्लीबजार कारागार चलान गरिएको छ ।

    जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

    मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले अब बाँकी समय कारागारमा बिताउनुपर्ने भएको छ ।

    न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रतिकृया दिनुहोस्