जनगर्जन २०८१ कार्तिक २७
काठमाडौँ । रास्वपाका सभापति तथा पुर गृहमन्त्री समेत रहेका रवि लामिछाने यतिबेला भैरहवा पुर्याईएको छ । रबिलाई भैरहवामा लगिएसँगै रास्वपाका कार्यकर्ता र समर्थकले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ता र समर्थकले उनको पक्षमा चर्को नाराबाजी गरिरहेका छन् । यसैबीच रविलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइने भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुछिएका रविलाई पोखराबाट मंगलबार भैरहवा लगिएको हो ।