News Portal

रवि लामिछाने रहुन्जेल रास्वपाको सभापति हो:- डीपी अर्याल

जनगर्जन संवाददाता२०८१ कार्तिक २५
२९४ पटक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले रवि लामिछाने रहुन्जेल सम्म पार्टी सभापति उनी नै हुने बताएका छन् । पार्टीमा रविको विकल्पबारे बहस भइरहेका बेला उनले यस्तो बताएका हुन् ।

पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै डीपीले भने, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो ।’

उनले रवि जेलमा पुगेपनि रास्वपाको नेतृत्व गर्ने बताए । ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,’ उनले भने, त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ हिरासतमा रहनुहोला, जेलमा बसेपनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

प्रतिकृया दिनुहोस्