News Portal

  • माओवादीको रुपान्तरण सहितको एकताले मात्र ०६४ फर्काउन सकिन्छ

    विष्णु विश्वकर्मा२०८१ कार्तिक ३
    ५३ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले    सरकार- शक्तिमा गएपछि माओवादीले गरेका  गल्ती के के हुन ती कुराहरु औल्याउनु आवश्यक रहेको बताएका छन । पुँजीको लागि विचारको परित्याग गरेर देश र जनतालाई  बेवास्ता गरी सहयोद्धा- सहिद परिवार र बेपत्ताको बेवास्ता गरेर  साम्राज्यवाद र दलाल पुँजीवादसँग आत्मसमर्पण गरेको बताएका छन । विलासीतावाद जीवन आफ्नो निजि स्वार्थ, परिवारवाद- आफन्तवाद, पक्षपातले पुजीवाद  निम्त्याएको छ ।

    शनिबार चितवनमा आयोजित एक कार्यक्रम मा बोल्दै महासचिव  विप्लव सीले अब ०८४ लाई ०६४ मा ल्याउने भन्दै  गर्दा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुशी व्यक्त  गर्दै अब  माओबादी पार्टी  चाडै नै एकताको टुंगोमा पुग्ने कुरा बताएका छन ।

    दुई दुई पटक सम्म सरकारमा गैसकेको माओवादी पार्टी अब जनतासँग  घुलमिल भैइ जनताको पक्षमा रहेर सकारात्मक ढंगबाट  अगाडि बढ्न सुझाव दिएका छन ।अब ०८४ लाई ०६४ बनाउन सबै नेता- कार्यकर्ताहरुले विप्लवलाई पछ्याउँदै श्रम- उत्पादनमा भाग लिनुपर्छ र  आत्मनिर्भर आबश्यक  रहेको बताएका छन।

    नेता रणबीरले संकटग्रस्त र असफलताउन्मुख संसदीय दलाल पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था निर्माण गर्न,म र मेरो हैन, हामी र हाम्रो भन्ने जनयुद्धकालीन स्पिड र मान्यताको पुनर्स्थापना    र कार्यन्वयनमा गर्न र एकपटक सरकारी लाभको पद लिइसकेकाले पार्टीको जिम्मा लिइ जनतामा जाने र सरकारी मोर्चाको जिम्मा नयाँलाई विशेषत: युवा र बिज्ञहरूलाई दिने ,  केन्द्रीय नेतृत्वको देखिएको- नदेखिएको सबै सम्पत्ति पार्टीकरण- राष्ट्रियकरण गर्ने ठोस योजना विकास गरि अगाडि बढ्ने गरि कम्युनिस्ट एकताको प्रक्रियामा अगाडि जानुपर्ने बताए।

    नेपाल कम्युनिस्ट पार्टी लगायत  माओवादी पार्टीले पार्टीकरण गरेको सम्पत्तिको एक अलग कोष बनाई उत्पादनमा लगाउने र त्यो उत्पादनलाई ठोस योजना बनाई अगाडी  बढ्नुपर्ने बताएका छन  । त्यो एकीकृत स्वामित्व अन्तर्गत राखिनुपर्छ र त्यसमा सहिद परिवारका साथै जनयुद्धमा भाग लिएका इच्छुकहरुलाई सहभागी बनाउनुपर्छ र समयमा व्यापक छलफल बहस गरी एकता गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्र, एकीकृत समाजबादी लगायतका कम्युनिस्ट एवम् माओवादी धाराका पार्टीहरुबीचमा समेत एकताको आवश्यक  देखिएको बताएका छन ।

    कम्युनिस्ट पार्टीहरुको एकता बिचार,  उदेश्य राजनीतिबीचको समान बुझाईमा आधारित हुन्छ र हुनुपर्छ भन्दै रणबीरले एकले अर्कोलाई उपयोग गर्ने अल्पकालीन सोचाइका आधारमा होइन, एकअर्कोलाई सहयोग गर्ने र देशको संकट समाधानको विकल्प दिने दीर्घकालीन सोचाइमामा आधारित हुनुपर्ने कुरा समेत उनले उल्लेख गरेका छन् ।

    नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकताको नाममा बिचार, उदेश्य, आदर्श नै परित्याग गरेर तत्कालीन फाइदाका लागि एकता गरिहाल्ने र स्वार्थ पूरा हुन नसकेपछि  तुरुन्त बिभाजन हुने समस्या एकातिर रहदै आएको छ भने अर्कोतिर फेरिएको बस्तुगत अन्तर्बिरोध र अन्तरबिरोधको पनि फेरिएको प्रधान पहलुलाई समेत बिचार गर्दै एकता, सहकार्य र प्रधान अन्तरबिरोधबिरुद्ध  संयुक्त मोर्चा  गरेर अगाडि जान नसक्ने रुढीबादी , सिद्धान्तबादी र निराशाबादी प्रवृत्ति रहदै आएको छ।

    अहिले देशमा आर्थिक राजनीतिक संकट निकै डरलाग्दो अवस्थामा छ,पश्चिमाहरु एमसीसीको माध्यमबाट नेपालको आन्तरिक मामलामा खुलेआम प्रवेश गरेका छन्, दलाल पुँजीवाद अहिलेको देशको समस्या र संकटको प्रमुख कारण हो र त्यसको विकल्प नेपाली विशेषताको समाजवाद हो भन्ने निष्कर्ष समाजवादी मोर्चामा आबद्द कम्युनिस्ट पार्टीहरुको छ  तर सबैले भन्ने गरेको समाजवादी क्रान्तिको शुरुआत कहाँबाट, कसरी  र कसले गर्ने भन्नेबारे अझै थप स्पस्टता र बिमर्शको खाचो  देखिन्छ।नेपाली विशेषताको समाजवाद चाहने शक्तिहरुले अहिलेको पुँजीवादी संसदीय व्यवस्थाबाट आफूलाई अलग गर्ने प्रक्रिया र विधि के हुन्छ त्यो महत्त्वपूर्ण सवाल हो।

    यसबारे समाजवादी मोर्चाभित्रकै पार्टी र नेताहरूमा सहि बुझाइ निर्माण हुन जरुरी देखिएको जानकारहरुको विशेषण छ।

    प्रतिकृया दिनुहोस्