News Portal

  • विशुनपुरको सार्वजनिक जग्गामा वडा कार्यालयको डोजर

    विष्णु विश्वकर्मा२०८१ आश्विन २३
    ९७ पटक

    कपिलवस्तु  । शिवराज नगरपालिका वडा न. ८ को कार्यालय विशुनपुरको  सडक अन्तर्गत बिशुनपुरको वडा कार्यालय आसपासको   दायाँबायाँ (९ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।

    शिवराज नगरपालिका वडा न ८ का वडा अध्यक्ष रिजवान अहमदको पहलमा डोजर लगाएर बुधबार देखि ती संरचना हटाउन सुरु गरेको छ । सडकको आसपासमा भएका सामाग्री, संरचना तथा सार्वजनिक जग्गामा बनाएका टहरा वा निर्माण सामाग्रीहरु डोजर लगाएर हटाएको छ ।

    एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन मौखिक जानकारी दिइएको  भए पनि अटेरी गरेकाले मिति २०८१/६/२० मा ३ दिने प्रथम सुचना प्रकाशित  गर्दा नि हटाउन नमनिएको सामाग्री तथा संरचना हटाउन लागिएको वडा अध्यक्ष  अहमदले बताएका छन । उनका अनुसार  सडकको मापदण्ड मिचेर बनाईएकास्थायी–अस्थायी संरचना हटाउने टोल सरसफाई गर्ने, सार्वजनिक जग्गामा थुपारेका घर निर्माणका सामाग्रीहरु माथि  डोजर चलाउन लागिएको हो ।

    शिवराज नगरपालिकाको वडा न ८ को प्राय क्षेत्रहरु व्यवस्थित रुपमा छैनन । सडक आसपास  दिसापिसाब गर्ने,गाईभैसी बाध्ने, फोहोर थुपार्ने,घरायसी सामाग्रीहरु राख्ने ,नाली अव्यवस्थित छन । वडाले पटक पटक जानकारी गराउदा पनि स्थानीयले अटेर गरेको पाईएको छ । स्वास्थ्य सम्बन्धी कुनै जानकार देखिदैनन उनीहरु, भन्छन यो हाम्रो काम होईन यो काम प्रधानको हो यो काम प्रधानले गर्छ । यदि स्थानीयले नै यसमा बेवास्ता गरे समाज कसरी उठ्छ छ । यहि एक उदाहरण बनेका छन शिवराज नगरपालिका वडा न . ८ का वडा अध्यक्ष  रिजवान अहमद ।

    करिब २८ वर्षका युवा रिजवान जो मुस्लिम समुसायका हुन जसले यत्रो हिम्मत गरे यो शिवराज नगरपालिकाको  पहिलो हिम्मतिलो अनि साहसिक युवा हुन वडा अध्यक्ष रिजवान?  गरे के हुदैन आट गर्नुपर्छ । एउटा पिछडिएको समुदायबाट आएका युबा हुन जसले आफ्नो समाजलाई बदल्न खोजेका छन  । जसका पछाडि थुप्रै चुनौती पनि छन भने कयौ युवाहरुको पनि साथ सपोर्ट रहेको छ ।

    उक्त सरसफाइ कार्यक्रममा नगर प्रहरी , नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । केही समय अबस्था अलिकती असामान्य बनेको थियो ।सशस्त्र प्रहरी तथा स्थानियले  हुललाई कन्ट्रोल गरेका थिए ।

    कार्यक्रम शिवराज नगरपालिकाका मेयर  अजय थापाको प्रमुख आतिथ्यता ,वडा अध्यक्ष रिजवान अहमदको अध्यक्ष्ातामा उमेश पासीको सन्चालनमा कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रमको नेतृत्व नगरपालिकाका नगर प्रमुख अजय थापाले गरेका थिए ।

    कार्यक्रममा पुर्व  वडा अध्यक्ष , राजनीतिक दल भद्र भलादमी तथा बुद्धिजीवीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम  मा १०० जना भन्दा बढी  स्थानियहरुको  उपस्थिति रहेको थियो ।


    प्रतिकृया दिनुहोस्