News Portal

  • गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

    जनगर्जन संवाददाता२०८१ आश्विन २०
    ६८ पटक

    कपिलवस्तु । चितवनको नारायणगढ-मुग्लिङ सडक अन्तर्गत इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति माथिबाट ढुंगा खसेर लाग्दा २ वटा बसका ५ जना यात्रु घाइते भएका छन ।

    घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

    घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो ।

    प्रतिकृया दिनुहोस्