News Portal

  • खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा किचलो,पुरानो र नयाँ समितिबिच विवाद

    जनगर्जन संवाददाता
    ३०९ पटक

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ स्थित शिवगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा भाडभैलो मच्चिएको छ ।
    पुरानो ब्यवस्थापन समिति र नया गठित समिति विच विबाद हुदा भाडभैलो भएको छ ।

    गत फागुन २९ गते सम्पन्न भएको तेस्रो साधारण सभाबाट निर्वाचित नयाँ समितिलाई पुरानो समितिले कागजपत्र नबुझाउदा नया समिती काम विहिन बनेको छ । जुन साधारणसभामा  वास्तविक गुनासो पुरानो साधारणसभा समाप्त नहुदै नयाँ कार्यसमितिको  भएको थियो ।

    शिवगढी खानेपानी उपभोक्ता समितिमा कुल  उपभोक्ता  ६५० रहेको  सोही साधारणसभा  जम्मा १३१ जनाको उपस्थिती रहेको थियो ।

    साधारणसभा पछिको प्रक्रियागत ढङगबाट पुरानो समितिले कुनै पनि जिम्मेवारी नदिएर नयाँ समिति चयन भएको बताएका छन । शिवगढी खानेपानी उपभोक्ता समितिको अध्यक्ष नन्दलाल पुरीको समयवधी सकिएपछि फागुन २९ गते साधारणसभा भएको थियो ।

    उक्त साधारण सभामा स्वयम  वडा न  ९ का वडा अध्यक्ष आफै उपस्थित रहेको बताउदै । साधारणसभाले बिरसिंह सुनारको अध्यक्षतामा ११ सदस्य उपभोक्ता समिती गठन गरेको थियो ।

    शिवगढी खानेपानी उपभोक्ता समितिको अध्यक्ष नन्दलाल पुरीले उक्त साधारण सभालाई नमान्ने र पुन: आम भेला गरी समिती गठन गर्नु पर्ने माग सहित आफ्नो गुनासो  राखेका छन र पुरानो समितिलाई अपमानित ढङ्गबाट अगाडी बढेको बताएका छन ।

    आज शिवराज ९ का वडा अध्यक्ष राम गोपाल चौधरीको नेतृत्वम स्थानीयको आम भेला भएको थियो। भेलामा पुरानो समिति र नयाँ समिती बिच भएको बिबादमा कुनै पनि निस्कर्ष नआएको बताएका  छन ।

    भेलामा सहभागी भएका अर्का स्थानीय युवा बिनोद  सी ले आमभेला गर्नु पर्ने धारणा सहित आम भेला बोलाई सबैको सहमतिमा समिती गठन गर्नु पर्ने वताएका छन ।

    स्थानीय शिक्षक विक्रम केसीले शिवगढिबाट सबै मिलेर सहमती गरेर एकताको सन्देश दिनु पर्ने आवश्यकता छ यो कुरामा युवाहरु संबेदनसिल हुनुपर्नेमा केसीले जोड दिएका छन । आज जम्मा भएका आमभेलाबाट कुनै निकास ननिस्किएको स्थानीयले जानकारी दिएका छन ।

    शिवगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाले निर्माण गरेको निर्वाचन समितिका सदस्य हरि श्रेष्ठले पुरानो समितिले नयाँ समितिलाई कागजपत्र बुझाई काम गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखेका छन, अर्काे सदस्य प्रमोद सुबेदीलले पनि पुरानो समितिको कार्यविधि सकिएकाले नयाँ समितिलाई जिम्मेवारी दिनु पर्ने बताएका छन

     

     

    प्रतिकृया दिनुहोस्