News Portal

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

माओवादी सांसदलाई अनिवार्य उपस्थिति आदेश

जनगर्जन संवाददाता२०८२ आषाढ ३०
३२ पटक

३० असार, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न लागेका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्ने तयारी गरिएको छ ।

यस अवसरमा माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थिति सुनिश्चित गर्न आह्वान गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टी सांसदहरूलाई सूचना पठाउँदै भनेका छन्, “असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ।”

हाल प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् । पार्टी नेतृत्वको सम्बोधनलाई विशेष महत्व दिँदै उपस्थित सुनिश्चित गर्न निर्देशन दिइएको हो ।

प्रचण्डको सम्बोधनले समसामयिक राजनीति, सरकारको कार्यशैली, र संसदीय गतिरोधलगायत विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्