News Portal

भरत सीको देउडा भिडियो सार्वजनिक ‘घुसतन्त्रले दुख पाइया छ,देशमा अव विप्लव चाइया छ’

वसन्त वि. क.२०८१ माघ ३
१४९ पटक

३ माघ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको शव्द रचना रहेको अत्यन्तै मार्मिक देउडा भिडियो ‘घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अव विप्लव चाइया छ’ विहिवार सार्वजनिक भएको छ ।

यो देउडामा देशमा दलाल संसदीय व्यवस्थामा घुसतन्त्रले सीमा नाघेको र यो व्यवस्थाबाट जनता वाक्क दिक्क भएका र जनताका समस्या कहिल्यै पनि समाधान नहुने भाव व्यक्त गरिएको छ ।

देउडाको पहिलो हरफमा ।
माथि लेख हिमालचुली,फुल्याको विकैछ
अवस्था व्यवस्था फेरौं,नभनौ ठिकै छ ।
आजको व्यवस्था बोकी,जनता फेरीए
एकचोटी विप्लवलाई हेरौं,अरु सब हेरीए ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !

यस्तै देउडा गितको दोस्रो हरफमा नेपालका दलालहरु विभिन्न रुपरंगमा घुस खाने गरेको बताइएको छ । देशमा वेरोजगारी बढेको, रोजगारी नभएका कारण युवाहरु विदेश पलान हुने गरेका देशको व्यथा व्यक्त गरिएको छ ।
अचाल्ली घुसखान लागे,फेरी फेरी भेस
देश भित्रै आफन्त छाडि,जानलागे विदेश ।
व्यरोजगारी भ्रष्टाचार,देश छ व्यहाल
रोजगारी सृजना भए,फर्किन्छन नेपाल ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !

यस्तै देउडा गितको तेस्रो हरफमा जनयद्धमा कालिकोटले गरेको योगदानलाई समेटिएको छ । आज कालिकोटका सहिदहरुको योगदान एकथरी माओवादी नेताहरुले विर्सेको स्मरण गरिएको छ ।

यो गितको भावले विशेषगरी सत्तामा जाने र जनताको समस्याप्रति व्वास्था गर्ने, जनयुद्धको वाचाहरु तोडने, घुसखान सिक्ने एकथरी माओवादीहरुलाई सच्चिन कला मार्फत चेतावनी दिएको छ ।
विप्लवले सम्झेकै होलान,कालिकोटका वस्ति
सहिदको रगतसंग,कस्ले गर्यो मस्ति ।
नेपालका दुगर्म वस्ती,कसाछन आजभोलि
किन विर्से नेता ज्यूले,जनयुद्धको बोली ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !

देउडा गितकोको चौथो हरफले देशमा गलत र भ्रष्टाचारी नेता चुन्दा देश नितान्त्र अफठ्यारो अवस्थामा पुगेको औल्याइएको छ । गितले अब त्यस्ता भ्रष्ट र गलत नेतालाई नछान्न जनतालाई सर्जग गराईएको छ । जनयुद्धको उपलव्धी नेताको धोकाधढीले गुम्दा जनताले फेरी पनि पुरानो शासन सत्तावाट दुखपाईरहेको भाव व्यक्त गरिएको छ भने जनताको आफ्नै जनमुक्ति सेना र मिलिसिया गुमेको स्मरण गरिएको छ ।

कोही नेता असाध्यै भोगी,कोही मात्र त्यागी
असल नेता ल्याउनु पर्छ,गलतकन फ्याकी ।
कहाँ हुन्न जनमुक्ति सेना,कहाँछन मिलिसिया
लागेर जनताका दुश्मन,वैरी दुख दिया ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !
देउडा गितको अन्तीम हरफले घुसतन्त्रको व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य सर्त भएको उल्लेख गरिएको छ । यसका लागि सबै देशभक्त,प्रगतिशील,गणतन्त्रवादी,क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध भएर सदनदेखि सडकसम्म संघर्ष गर्नु पर्ने औल्याईएको छ । गितले घुसतन्त्रको व्यवस्थालाई अन्त्य गरी नयाँ समाजवादी व्यवस्था ल्याउन सक्ने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी र त्यसको नेतृत्व विप्लव मात्र हुनसक्ने ठोकुवा गरेको छ ।

देशभक्त जनताका नेता,एकजुटभई लड्नुछ
सदनदेखि सडकसम्म,अगाडि बढनुछ ।
पराईले अत्याचार गरे,आगो बल्छ बल्छ
नेपालका गाउँ सहर,विप्लव नाम चल्छ ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !
कालिकोट लालुका कलाकार गायक महेन्द्र शाही रास्कोटी र सुदुरपश्चिमकी कलाकार गायक गौरी भट्टको स्वरमा यो देउडा गित सार्वजकि भएको हो । यो समय सान्दार्भिक देउडा गितमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन ।

प्रतिकृया दिनुहोस्