News Portal

  • नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य ? घट्यो कि बढ्यो

    जनगर्जन संवाददाता
    ६३५ पटक

    काठमाडौँ । आज सुन र चाँदी दुवै धातुको मूल्य स्थिर रहेको छ । बुधवार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि बुधवारकै दर ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार चाँदी पनि स्थिर रहेको छ । चाँदी बुधवारकै दर ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

    यसैबीच चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो ।

    कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह सकारात्मक रहेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १८ करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सर्फर १०.२ प्रतिशतले वृद्धि भई रु २८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सर्फर ३.८ प्रतिशतले घटेको थियो ।

    प्रतिकृया दिनुहोस्